जोडिनुहोस
  • होमपेज
  • कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन प्रस्ताव

कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको छ ।

उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ थापाका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ ।

साथै हरेक ६र६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका