Mon Jan 17 2022
समाचार

खरको थुप्रोमा सल्किएको आगोमा जलेर महिला मृत्यु

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा आगोमा जलेर एक महिलाको ज्यान गएको छ ।

खरको थुप्रोमा सल्किएको आगोमा जलेर ४३ वर्षीय मञ्जु परियारको ज्यान गएको हो ।

फुसको छानो हटाउने अभियान अन्तर्गत जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा परियारको हिजो बेलुका घट्नास्थलमै ज्यान गएको हो ।

खरको थुप्रो नजिकै आगो बाल्ने क्रममा आगो सल्किँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।