जोडिनुहोस
  • होमपेज
  • जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली

जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली
twitter sharing button
linkedin sharing button
googlebookmarks sharing button

काठमाडौँ । सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् ।

दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन् । अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ ।

दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७ औँ स्थानमा रहेको छ । भारत ८० औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ । श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन् । नेपाल ९८ औँ स्थानमा सीमित रहेको छ । नेपालले ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन् । नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका