Thu Jun 30 2022
मुख्य खबर

बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नं.६ की ३० बर्षीया चाँदनी चौधरी रहेकी छन् ।

शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो ।

चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।