Thu Jan 27 2022
Breaking News

थप ९४४ जनामा संक्रमण पुष्टि, मृत्यु सुन्य, २९७ जना निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ।

हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।