Wed Jan 19 2022
खेलकुद

दोस्रो टाइगर कप भलिबल सोमबारदेखि पोखरामा हुँदै

काठमाडां । दोस्रो टाइगर कप भलिबल प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ ।

पोखरा रंगशालामा यहि पुष २६ गतेबाट सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता रहने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद जानकारी दिएका छन ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ विभागीय टिमहरूमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र शसस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ ।

आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकाका महिला भलिबलका क्याप्टेनसहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । त्यस्तै पुरुषतर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता महिलारपुरुष उपाधि विजेता टिमलाई समान नगद तीन,तीन लाख, उपविजेता महिला/पुरुष टिमलाई १ लाख ५० हजार, तेश्रो हुने महिलारपुरुष टिमलाई ७५ हजार र सान्त्वना हुने महिलारपुरुष टिमलाई ३५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई २५/२५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ भने प्रत्येक विद्याका उत्कृष्ट खेलाडीलाई दश, दश हजारसहित ट्रफीद्वारा सम्मान गरिनेछ ।

खेलको पहिलो दन अर्थात पुस २६ गते उद्घाटन खेलमा पुरुष तर्फको डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब भिड्ने छन् ।

पहिलो राउण्ड रोविन लिग अन्तर्गतका दैनिक रुपमा महिला र पुरुष तर्फका ४ खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि प्रवेश शुल्कवापत २ सय र ३ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।