Mon Jan 24 2022
समाचार

नेपालको अन्तरिक ममिलामा चीनले हस्तक्षेप गरिरहेको छ : बक्ताहरु

राजविराज । नेपालको अन्तरिक ममिलामा चीनले हस्तक्षेप गरिरहेको एक कार्यक्रममा बक्ताहरुले निष्कर्ष निकालेका छन् । सप्तरीको कठौनामा राष्ट्रिय हिन्दु पत्रकार संजालले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले नेपालको भुमीमा चीनले आफ्नो अनुकूल काम गरिरहेको बताए ।

उनीहरुले तराई मधेशका व्यक्तिहरुलाई पनि प्रलोभनमा पारी चिन आफनो ऋणजालमा फसाईरहेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका नेता बुद्धिजिवी सबुरलाल साहुले मधेशमा चिनियाँ कम्पनीहरुले चीनबाट कामदार ल्याई नेपाली कामदारहरुको पनि श्रम शोषण गरिरहेको आरोप लगाए । उनले चीनमा आजिवन कारावासका सजाय पाएका व्यक्तिहरुलाई नेपालमा ल्याई काममा लगाईरहेको समेत खुलाए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश क्षेत्रीय सभापनि उमेश मिश्राले चीनले आफनो प्रभाव बढाउन मधेदवादी दलका केही नेताहरु संग सम्पर्क बढाउन खोजेको आरोप लगाए । उनले जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव जस्ता व्यक्तिहरु पनि चिनको इसारामा मधेशमा काम गरिरहेको बताए ।

जनता समाजवादी पार्टीले मधेशमा द्वन्द्व बढाउन खोजेको उनले बताए । मिश्रले भने ‘जनता समाजवादी पाटीका नेताहरुले विकास भन्दा पनि भ्रष्टाचार कसरी गर्ने प्रति बढी ध्यान केन्द्रीत रहेको छ ।’ मधेशवादी नेताहरुकै कारण मधेशमा भ्रष्टाचार संस्थागत भएको उनले दावी गरे ।

लोसपाका केन्द्रीय सदस्य विरेन्द्र साह क्रान्तीले चीनको विआरई प्रोजेक्ट गरिब राष्ट्रलाई भारी ऋण बोकाएर आफ्नो इसारा नचाउन खोज्ने योजना भएको बताए । चीनले आफ्नो अभिष्ट पुरा गर्नका लागि नेपालमा पनि विआरआई प्रोजक्ट लागु गराउन खोजेको आरोप लगाए । साहले नेपाललाई विआआई प्रोजेक्ट लागु गर्नबाट बच्नुपर्ने सुझाव दिए ।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहले प्रदेश सरकार नै मधेशवादी दलका मुखियाहरुले चलाईरहको अवस्थामा पनि मधेश विकसित नहुनु दुःखद भएको तर्क गरे । उनले आफूलाई मधेशका नेता भनेर चिनाउनेहरुको पछिल्लो क्रियाकलापहरुको विश्लेषण गर्दा विकास भन्दा पनि यहाँ विनासले प्रमुखता पाएको देख्दा दुःख लागेको बताए ।

साहले भने ‘मधेशी दलले नेतृत्व गरेको सरकारले ४ वर्षमा पनि आफनो भवन बनाउन सकेको छैन, अहिले पनि जकपुर चुरोट कारखानामै आपनो निवास र मन्त्रालय राखेको छ ।जुन राजाको समयमै बनाईएको थियो ।’ आफ्नो घर समेत बनाउन नसक्ने मधेशका नेताहरुले जनताको घरदैलोमा विकास कसरी गर्छ ? उनले प्रश्न गरे ।

प्रअ धर्मदेव साहले राजनीतिक रुपमा नेतृत्व गर्नेले विकासको पनि जिम्मा लिएर अगाडी बढ्नुपर्ने बताए । उनले नेतृत्वकर्ताले विकासको लागि योजना बनाएर लक्ष्य अनुसारका काम गर्न नसके नेतृत्वको कुनै अर्थ नै नभएको उल्लेख गरे ।

नेपाली काँग्रेसका युवा नेता अर्जुन साहले माओवादी र मधेशवादी नेताहरुले समाजलाई विभाजन गरेको आरोप लगाए । उनले आफू सत्तामा जानको लागि माओवादी र मधेशवादी दलका नेताहरु समाजका विभिन्न वर्गलाई विभाजन गरेर सामाजिक एकतालाई कमजोर पारेको कारण विकासले गति लिन नसकेको बताए ।

अधिवक्ता हेमनारायण चौधरीले पार्टीको झण्डा बोकेर स्थानिय तहमा जनप्रतिनिधि गएको कारण मधेशमा विकाश नभएको बताए । उनले स्थानिय तहमा दलको टिकट लिएर चुनावमा जाने कानुन नफेरिए सम्म स्थानिय तह बाट प्रवाह हुने विकासमा असर पर्ने तर्क राखे । ‘स्थानिय तहमा दलीय टिकटमा चुनाव हुनु हुँदैन’ उनले भने ।

कार्यक्रममा स्थानीय नेता सत्यजित कुमार झा , हिन्दु यूवा संघका जिल्ला अध्यक्ष दिपेश देब जोशी , मैथिली सहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्त , नेपाली काग्रेसका यूवा नेता जगदिश साह , नेपाल प्रेस यूनियनका पूर्व अध्यक्ष ओम प्रकाश साह लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।