Sun Jan 16 2022
मुख्य खबर

सभापतिले आफुखुशी गर्न खोजे पार्टी दुर्घटनामा पर्छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफुखुशी गर्न खोजे पार्टीले आगामी चुनावमा हारको सामना गर्न सक्ने बताउनु भएको छ ।
सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताउनु भयो । सभापति शेर बहादुर देउवाले विधानमा भएको ब्यबस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताउनुभयो ।

एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीबारे फैलिएको त्रास चिर्न संसद मार्फत जानकारी दिनु आवश्यक रहेको बताउनु भयो । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्न तर्फ काँग्रेस र एमाले दुवै लाग्नु पर्ने बताउनु भयो ।