Thu Jun 30 2022
मुख्य खबर

सहकारी ऐनमा त्रुटी देखियो : मन्त्री खड्का

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सहकारी ऐनमा त्रुटी देखिएको बताउनु भएको छ ।

मन्त्री खड्काले एक सहकारीको सञ्चालकले अर्को सहकारीको सञ्चालन गर्न नपाउने व्यवस्था गरेको ठीक नभएको भन्दै आपत्ति जनाउनुभएको हो ।

पोखरामा आयोजित जिल्ला सहकारी संघ लिमिटेड कास्कीको कार्यक्रममा मन्त्री खड्काले विगतका केही घटनामा आधारित रहेर नीति निर्माताहरुले ऐन ल्याएको र त्यो जनताका लागि कदापि सही नहुने तर्क गर्नुभयो ।

उहाँले धनाढ्यहरुले खोल्ने बैंकमा जति शेयर लिन पाउने, जति वटा बैंकको सञ्चालक हुन पनि पाउने तर एक सहकारीका सञ्चालक अर्को सहकारीको सञ्चालक हुन नपाउने व्यवस्था ठीकै भएपनि सदस्य नै हुन नपाउनु विडम्वना भएको बताउनुभयो ।

सहकारीले देशको अर्थतन्त्रमा महत्वपूर्ण निकै ठूलो भूमिका खेलेको भन्दै मन्त्री खड्काले सहकारीको दायरा सञ्कुचन होइन फराकिलो बनाउन आवश्यक रहको बताउनुभयो ।

कोरोना महामारीले सहकारी क्षेत्रलाई पनि ठूलो क्षति पुर्याएको भन्दै मन्त्री खड्काले आगामी दिनमा पनि धेरै आशंका र चिन्ता व्याप्त भइरहेकोले सतर्क र सुरक्षित भएर अघि बढ्न आग्रह गर्नुभयो ।