नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्र भित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याई छोडने जनाएको छ ।
आज पशुपति क्षेत्र परिसर भित्र बनेको धर्मशालाको अनुगमन गर्न पुगेको युवा संघ, नेपालको टोलीले सो धर्मशाला समेत व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ ।
त्यसैगरी टोलीले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेको छ ।
पशुपति क्षेत्र भित्रको सार्वजनिक सम्पत्ति समेत अतिक्रमित भएकाले त्यसलाई रोक्न आफूहरुले अनुगमनको काम सुरु गरेको संघका अध्यक्ष
युवा संघ, नेपालले नारायणहिटी संग्राहलयमा बतास समूहले बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ ।