जोडिनुहोस
  • होमपेज
  • सुन तस्करी प्रकरण : तस्करले तिरेका थिए ४८० डलरको भन्सार राजश्व

सुन तस्करी प्रकरण : तस्करले तिरेका थिए ४८० डलरको भन्सार राजश्व

काठमाडौँ । सुन तस्करले हङकङबाट ल्याएको करिब १०० किलोग्राम सुन ल्याउँदा जम्मा ४८० अमेरिकी डलरको राजश्व तिरेको पाइएको छ । हङकङबाट ‘ब्रेक प्याड’मा लुकाएर ल्याइएको उक्त परिणामको सुनको मूल्याङ्कन ४८० डलर गरेर उक्त मूल्यको मात्रै भन्सार तिरेको पाइएको हो ।

त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्विका खनालले तस्करले १६० वटा ‘ब्रेक प्याड’सेटको भन्सार जाँच पास भएकाे बताएका हुन् । उक्त ब्रेक प्याडको मूल्य प्रतिसेट ३ डलर मूल्याङ्कन गरिएको थियो ।

सुन लुकाइएको ब्रेक प्याड सेट आयातकर्ता रेडी ट्रेड प्राली हो । यो सामान जुलाई १५ को दिउँसो ३ बजेको क्याथे प्यासिफिकको फ्लाइटबाट त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । यसपछि, जुलाई १८ (असार २ गते) मा गोदामबाट निकालिएको खनाललेजानकारी दिए ।

यसका लागि तस्करले सोही दिनको दिउँसो १२ बजे प्रज्ञापन पत्र भरेका थिए । भन्सार एजेन्ट यादव पराजुली (७८२ नम्बर) को नामबाट राजेन्द्र राईले सामान छुटाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका