जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको बैठक : अध्यक्ष नेपालले जवाफ दिँदै

एकीकृत समाजवादीको बैठक : अध्यक्ष नेपालले जवाफ दिँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले जवाफ दिँदै छन् ।

प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आजको बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नहरूको अध्यक्ष नेपालले जवाफ दिने कार्यसूची रहेको छ ।

चम्पादेवीमा जारी बैठकमा यसअघि १४ जना सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । सदस्यहरूको जवाफपछि अध्यक्ष नेपालले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यभार र अन्य एजेन्डाका बारेमा धारणा राख्ने भएकाले बैठक दिनभर चल्ने नेताहरूको भनाइ छ ।

बैठक गत असार २९ गतेबाट सुरु भएको हो । सचिवालयको ६१ औँ बैठकमा नेताहरूको कार्यविभाजन, कमिटी समायोजन तथा थपघट, सरकार र संसद्लगायतका विषयमा निर्णय गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका