Mon Jan 17 2022
आर्थिक

नेपाल मेलमिलाप समाजको १५ औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । नेपाल मेलमिलाप समाजको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौको बबरमहलस्थित सामाजको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । यो सँगै साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

१५ औं बार्षिक साधारण सभा निर्वाचनका अध्यक्षमण्डले नयाँ निर्वाचितहरुको नावावली पढेर सुनाएपछि सभामा कसैको दाविबिरोध नहुँदा उक्त नयाँ नेतृत्व निर्विरोध रुपमा चयन भएको हो ।

१५ औ बार्षिक साधारण सभा मार्फत वरिष्ठ अधिभक्ता बिष्णुमणि अधिकारीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको मेलमिलाप समाजले जनाएको छ ।

समाजको साधारणसभा बबरमहलस्थित साफ फाल्चामा भएको थियो ।