जोडिनुहोस
  • होमपेज
  • शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग भएको छ । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरे ।

पार्टीको रिक्त रहेको वरिष्ठ नेतामा डा. शेखर कोइरालालाई बनाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म सभापति र महामन्त्रीहरूसँग आफूहरूले भेट्न नसकेको भन्दै यादवले पार्टी कार्यालयमा नियमित आउनुपर्ने माग गरे ।

बैठकका सबै कुरा लाइभ गर्न नसकिने उनको भनाइ छ ।

यादवले भने, ‘लाइभ गरेकोमा पहिलो दिन म पनि हौसिएको थिएँ । तर, मैले अनुभव गरेको सबै कुरालाई लाइभ गर्न नसकिँदो रहेछ यो मेरो धारणा हो । हामी अर्को पार्टीको जुन स्तरको पनि कुरा हामीले गरिरहेका हुन्छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका