जोडिनुहोस
  • होमपेज
  • कान्तिपुर टिभीले बन्द गर्यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

कान्तिपुर टिभीले बन्द गर्यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

काठमाडौं । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।

बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक-पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका