Wed Aug 10 2022
मुख्य खबर

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेदेखि कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् ।

बैठकको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई पठाउने निर्णय गरिएको छ ।