Wed Jan 19 2022
समाचार

काठमाडौँमा टिपर र मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको छुट्टाछुट्टै दुई ठाउँमा दुर्घटना हुँदा दुई जना पैदलयात्रीको ज्यान गएको छ । दुर्घटनामा परि कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो ।

विकलाई काठमाडौँको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो । २२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

यस्तै गौतमलाई काठमाडौँको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।