Wed Aug 17 2022
मुख्य खबर

संचारमन्त्री कार्की अझै एक साता आइसोलेसनमा

काठमाडौं । कोरोना जोखिम बढेपछि कन्ट्याक ट्रेसिङमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अझै एक साता आइसोलेसनमा बस्ने भएका छन् ।

कार्कीले आफ्नो कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटीभ आएको जानकारी गराउँदै एकसाता आइसोलेसनमै बस्ने बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘यो साता आइसोलेसनमै रहेर दोस्रो परीक्षणको रिपोर्ट पर्खनु उचित ठान्दै सबै भेटघाट स्थगित गरेको छु ।’

कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गरेका थिए ।