Sun Jan 16 2022
अन्तर्राष्ट्रिय

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख नाघ्यो

काठमाडौँ । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख नाघेको छ ।

दुई वर्षअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ५५ लाख पाँच हजार जनाभन्दा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएसँगै केही दिनदेखि विश्वभर सङ्क्रमण फैलने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा तीन लाख ६ हजार र भारतमा एक लाख ८० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा अहिलेसम्म ३० करोड ७८ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ करोड ९५ लाखभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।