जोडिनुहोस
  • होमपेज
  • लम्पी स्किनबाट सुदूरपश्चिममा २६ हजार चौपाया मरे, ६ लाख संक्रमित

लम्पी स्किनबाट सुदूरपश्चिममा २६ हजार चौपाया मरे, ६ लाख संक्रमित

महेन्द्रनगर । लम्पी स्किनको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ चौपाया मरेका छन् । प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार सात सय ९९ पशुमा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ ।

तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशु मरेका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा ६३० चौपायालाई सो रोगविरुद्धको खोप लगाइउको छ ।

‘तीन वर्षदेखि लम्पी स्किनबाट पशु संक्रमित हुँदै आएका छन्’, डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखियो ।’

‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५०० पशु सङ्क्रमित भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए । कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार ३९३ गाई, २१ हजार ३५१ गोरु र १ लाख १३ हजार ३२७ भैँसी यसबाट सङ्क्रमित भएका छन् । कैलालीमा लम्पी स्किनबाट हालसम्म ६५७ पशुचौपाया मरेको तथ्याङ्क छ ।

बझाङमा ४ हजार ६२३ पशु मरेका छन् । सबैभन्दा कम कञ्चनपुरमा १८ मरेको तथ्याङ्क छ । अछाममा १ हजार ६७८, डोटीमा ३ हजार ६७९, बाजुरामा ७५३, दार्चुलामा १ हजार ६६९ र डडेल्धुरामा २ हजार ३९६ मरेका छन् ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानीदत्त पन्त रोगको नियन्त्रणका लागि पहल भइरहेको भएपनि औषधि र खोपको अभाव सुनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका