Mon Jan 17 2022
मुख्य खबर

एमाले अध्यक्ष ओलीले भने – सरकार चुनावमा जान डरायो

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले त्यसका लागि कुनै तयारी नगरेको बताएका छन् ।

संखुवासभामा सोमबार एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार चुनावमा जान डराएको आरोप लगाएका छन् ।

उनले कानून अनुसार स्थानीय तहको निर्वाचन फागुनमा हुनुपर्ने भए पनि त्यो समयमा चुनाव हुने सम्भावना आफूले देखेको जनाए । ‘

यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ,’ उनले भने ।

अध्यक्ष ओलीले सरकार स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन खोजिरहेको दाबी गरे ।

उनले स्थानीय तहको जिम्मा कर्मचारीलाई दिएर जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र भइरहेकोसमेत आरोप लगाए ।

२०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन २०७४ मा भएको स्मरण गर्दै उनले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी गरेका थिए ।