Thu Jun 30 2022
मुख्य खबर

यस्ता छन् कागती खानुका फाइदा

१. ताजा कागतीको रसलाई चिसी मिस्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ति बढाउँछ, दिमागलाई शान्त राख्छ ।

२. मनतातो पानीसँग कागती रस थोरै नुन राखेर खाँदा शरीरलाई तातो बनाउँछ ।

३. बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकी निको हुन्छ ।

४. कागतीको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउँछ ।

५. रगतलाई शुद्ध राख्छ, छालाका सम्पूर्ण रोगहरू निको हुन्छन् ।

६. नियमित कागतीको सेवनले हैजा भगाउँछ ।

७. एक लिटर मनतातो पानीमा १०/१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवं कोलेस्ट्रोल घटाउँछ ।

साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट