Fri Jan 21 2022
Breaking News

माघ १५ सम्म विद्यालय बन्द गरेर खोप लगाउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेपछि पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेश विज्ञप्ति जारी गर्दै बिदाको अवधिमा १२ देखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले जनाएको छ ।

बिदाको उक्त अवधिमा विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउन अविभावकहरुसँग अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदाको उक्त अवधिमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाइदिनु हुन सवै अभिभावकहरुमा अनुरोध छ ।’

साथै मन्त्रालयले विदाको अवधिमा विद्यालयलहरुले सिकाइृ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउन अनुरोध समेत गरेको छ ।

यस्तै विद्यालयबाहेक कलेज र विश्वविद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरू रद्द नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ ।

सीसीएमसीसीले कोरोनाभाइरस सङ्क्रमणलाई वृद्धिलाई दृष्टिगत गरेर विद्यालय बन्द गर्न आइतवार सिफारिस गरेको थियो।