जोडिनुहोस
  • होमपेज
  • रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ ।चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।

चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका