Thu Aug 18 2022
आर्थिक

केन्द्रीय सहकारी संघमा माधब तिमल्सिनालाई रोक्न प्रतिभा बहुउद्देश्यीय विरुद्ध प्रयोजित प्रचार

काठमाडौं । ललितपुरको थसिखेलमा संचालित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई बदनाम गराउने उदेश्यले पछिल्ला केहि दिन देखि भईरहेको प्रयोजित प्रचारबाट भ्रममा नपर्न प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले सबै शेयर सदस्य तथा बचतकर्तालाई अपिल गरेको छ ।

प्रतिभा सहरकारीले विज्ञप्ती जारी गर्दै संस्थालाई बदनाम गराउने उदेश्यले एकपक्षिय रुपमा कपोकल्पित समाचार प्रकासन,प्रसारण भएकोमा आपत्ति जनाएको छ ।

तथ्यलाई बंग्याएर एउटा टेलिभिजनले प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था विगत १० बर्ष देखि निरन्तर घाटामा भन्ने प्रोमो प्रसारण गरिरहेको छ भने अर्को एउटा अनलाईनले संस्थाको लगानी नै अपारदर्शी भन्ने भ्रमाक र अपुष्ट समाचार प्रकासन गरेर त्यसलाई डलर खर्च गरेर बुष्ट समेत गरिरहेको छ ।

समाचारको आधारभूत सिद्धान्त भन्दा बाहिर गएर प्रकासन, प्रसारण गरिएका यस्ता समाचार प्रति इंगित गर्दै सहकारीका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘कुनै पनि समाचार प्राकृतिक हुन्थ्यो भने किन पैसा खर्च गरेर बुष्ट गरेर प्रचार गरिन्छ त ? सम्बन्धित पक्षको भनाई र पुष्टि गर्ने आधारविना किन समाचार लेखिन्छ ? यसैबाट प्रष्ट हुन्छ यसका पछाडी संस्थालाई बदनाम गराउन केहि व्यक्तिहरु प्रायोजित रुपमा सक्रिय भएर लागेका छन्’ ।

सहकारीका अध्यक्ष तिमल्सिनाले जारि गरेको विज्ञप्तीमा भनिएको छ, ‘समाचारमा भनिए जस्तो संस्था घाटामा रहेको वा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेन भन्ने कुरामा एक प्रतिशत पनि सत्यता छैन, हामीलाई नियोजित रुपमा बदनाम गराउन समाचार लेखाएर बुष्ट गराईरहेका छन् । यसबाट कोहि पनि भ्रममा नपर्नुहोला। ’

निक्षेपकर्ताले पैसा निकाल्न खोज्दा पैसा नदिएको भन्ने समाचार पुष्टि गर्न उनले चुनौती समेत दिएका छन् । समाचारमा भनिए जस्तो कोहि पनि बचतकर्ता पैसा झिक्न नआएको र पैसा झिक्न आउने बचतकर्तालाई पैसा झिक्न नदिने भन्ने कुरा कल्पना समेत गर्न नसकिने तिमल्सिनाले बताएका छन् ।

करिब १४ हजार सदस्य संख्या रहेको प्रतिभा सहकारीको कुल सम्पत्ति एक अर्ब १० करोड भन्दा माथि छ । १० वटा सेवा केन्द्र मार्फत् सेवा प्रवाह गरिरहेको यो सहकारी संस्थासंग पर्याप्त निक्षेप तरलता रहेकाले पैसा झिक्न आउने बचतकर्तालाई पैसा दिईएन भन्नुका पछाडी कुनै सत्यता नरहेको संस्थाको दावि छ ।

यदि कुनै बचतकर्ता पैसा झिक्न आउदा संस्थाले पैसा नदिएको भनेर कोहि पनि स­प्रमाण सहित आए आफूले क्षतिपुर्ति सहित भुक्तानि गरिदिने अध्यक्ष तिमल्सिनाको दावि छ ।

‘२०५७ साल असार ५ गते स्थापना भएको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको पहिलो बर्ष देखि अहिले सम्म कुनै पनि आर्थिक बर्षमा घाटामा नगएको बार्षिक लेखा परिक्षण प्रदिवेदनहरुले प्रमाणित गरिरहेको हुँदा घाटामा छ वा डुब्न लाग्यो भनेर समाचार बनाउनु दिनलाई रात भन्नु जस्तै हो’ उनले भने ,।

विगत २२ बर्ष देखि कहिल्यै घाटामा नगएको, कुनै विवादमा नआएको र सहकारीका क्षेत्रमा राम्रो छवि बनाएको यथेष्ठ प्रमाण हुँदाहुदै प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था माथी प्रायोजित रुपमा किन र कसले मिडिया ट्रायल मार्फत् प्रपोगाण्ड मच्चाई रहेको छ भनी सहकारी संघको संचालक समितिले चिन्ता व्यतm गर्न थालेका छन् ।