Sat Jan 22 2022
देश

एकैदिन काठमाडौं उपत्यकामा मात्रै ८७६ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।

सोही अबधिमा २५५ जना संक्रमणमुक्त भएका छन् ।

८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४९ जना कोरोना संक्रमित थपिएका छन् ।