Thu Jun 30 2022
देश

तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिकामा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका–१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप १ पुल्डुङगका प्रधानाध्यापक हुन् ।

विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पुगेको हो ।