काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ ।
पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ ।
आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक, फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ ।
आज कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक भने घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ५.४८ प्रतिशत बढेको छ ।
त्यस्तै, वित्त उपसमूह ३.३१ प्रतिशत बढेको छ । व्यापार, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी बढेको छ ।
यता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१८ प्रतिशत, बैंकिङ्गको ०.८२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६६ प्रतिशत घटेको छ ।