काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि देखि विद्यालयमै गएर कोभिड–१९ विरुद्धको फाइजर खोप दिइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार काठमाडौं जिल्लाका करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ ।
विद्यालयबाट प्राप्त संख्याभन्दा १० प्रतिशत बालबालिका थप हुने अपेक्षा स्वास्थ्य कार्यालयले गरेको छ ।
तीन लाख बालबालिकालाई पुग्ने खोप लगायतका आवश्यक सामग्री खोप केन्द्रहरुमा पठाउने उनले बताए ।
ललितपुरले पनि मंगलबारदेखि ६ वटै स्थानीय तहका बालबालिकालाई फाइजर खोप दिने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार ७१ हजार ३०१ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ ।
भक्तपुर जिल्लाका केही स्थानीय तहले भने आइतबारदेखि नै बालबालिकालाई खोप लगाउन शुरु गरिसकेको छ ।