काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । आइतबारदेखि सामान्य अस्वस्थ भएपछि सोमबार पीसीआर परीक्षण गर्दा रिजालमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणपछि उनी होम आइसोलेशनमा रहेका छन् ।