Wed Jan 19 2022
समाचार

संयुक्त विद्यार्थी सङ्गठन द्वारा शिक्षामा देखिएको समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौं । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्ड विपरीत शैक्षिक संस्था चल्दै गएको र शैक्षिक संस्थामा समस्या देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

संयुक्त विद्यार्थी सङ्गठनले चर्को शुल्क लिने मेडिकल कलेजविरुद्ध विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ ।