काठमाडौं । सोमबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि तीन सय रुपैयाँले नै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको हो ।
नेपाली सुनचाँदी बजारमा आज तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी तोलााम १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।