Thu Jun 30 2022
देश

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट सोमबार दिउँसो महिलाको मृत्यु भएको हो ।

प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।