जोडिनुहोस
  • होमपेज
  • एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ११७ वन्यजन्तुको मृत्यु (सूची)

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ११७ वन्यजन्तुको मृत्यु (सूची)

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७९/८० मा ११७ वटा वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जका अनुसार सबैभन्दा बढी ५५ वटा चित्तलको मृत्यु भएको हो ।

यसमध्ये २८ वटा चित्तलको प्राकृतिक मृत्यु भएको थियो भने २५ वटाको कुकुरको आक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै, यही अवधिमा २२ वटा गैँडाको मृत्यु समेत भएको छ । अधिकांश गैँडाको प्राकृतिक मृत्यु भएको थियो । १७ वटा गैँडाको प्राकृतिक मृत्यु हुँदा २ वटा विद्युतीय करेन्टबाट तथा जुधेर, चोरी सिकारी र बाढीले बगाएर १–१ वटाको मृत्यु भएको थियो ।

यसैगरी ३ वटा अर्ना, १ वटा चितुवा, २ वटा हात्ती, ३ वटा बाघ, ३ वटा गौरीगाई, ७ वटा जरायो, २ वटा बँदेल, २ वटा कछुवा, १ वटा लगुना, १ वटा धनेश, ९ वटा घडियाल गोही, २ वटा मगर गोही, २ वटा रतुवा, १ वटा दुम्सी र १ वटा स्यालको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

cnp

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका