काठमाडौं – पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन् ।
सिंहदरवारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा उनले पुष्पहार चढाएकी हुन् ।
सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारणसमेत पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि आजै सोही स्थानमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।
तस्विरः रासस