Wed Aug 10 2022
देश

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको आन्दोलन

विराटनगर । विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् ।

यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

विद्यार्थीले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।

विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।