Thu Jun 30 2022
मुख्य खबर

लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

भारतीय मिडियाहरुले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् । कोभिड रिपोर्ट पोजेटिभ आएप्छि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार लता मंगेशकर र उनकी भान्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।