Sat Jul 2 2022
मुख्य खबर

थप २ हजार ४ सय ४४ मा कोरोना संक्रमण, १ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १९८१ र ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।