जोडिनुहोस
  • होमपेज
  • किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेकपा एसका वडा कमिटी अध्यक्षलाई गाउँलेले प्रहरीमा बुझाए

किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेकपा एसका वडा कमिटी अध्यक्षलाई गाउँलेले प्रहरीमा बुझाए

चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर २ का नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष गणेश लामालाई किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् ।

लामाले स्थानीय १७ वर्षीया किशोरीमाथि एक वर्षयता लगातार यौनजन्य दुर्व्यवहार गर्दै आएको थाहा पाएपछि आफन्त तथा गाउँले मिलेर प्रहरीको जिम्मा लगाएका हुन् ।

किशोरीलाई आफ्नै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गर्दै आएका लामाले २०७९ मंसिरमा इन्स्टाग्राममा नाङ्गो तस्बिर हालिदिएर धम्क्याएको समेत खुल्न आएको राप्ती २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए ।

पटक पटक फेसबुक म्यासेजबाट समेत किशोरीलाई धम्क्याउने, अश्लिल फोटो भिडियो तथा म्यासेज पठाउन थालेपछि किशोरीले आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि उनीहरूले समातेर प्रहरीलाई खबर गरेका हुन् ।

चितवन प्रहरीकाअनुसार शनिवार नै जाहेरी लिएर आरोपीलामालाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ । लामा गत स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट वडा सदस्यको समेत उम्मेदवार बनेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका