Sat Jun 25 2022
मुख्य खबर

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालको राजीनामा

बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिएको विषयमा विवादमा तानिएका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेसँगै उनले राजीनामा दिएका हुन् ।

ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका दाहालले आज ९मंगलबार० पदबाट राजीनामा दिएका हुन् ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् ।

मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास समूहले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्‍यो‍ भन्ने विषयमा छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिले ३ दिनभित्र प्रतिवेदन पेश गरेको थियो ।