जोडिनुहोस
  • होमपेज
  • आज नेप्सेमा २६ अंकको गिरावट

आज नेप्सेमा २६ अंकको गिरावट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । हिजो आइतबार मौद्रिक नीति आउँदा एकैदिन ६३ अंकले बढेको थियो । तर, आज नेप्सेमा करेक्सन हुँदै २६ अंकले घटेर बन्द भएको हो ।

१.१९ प्रतिशतले घटेसँगै नेप्से परिसूचक २२ सय अंकको बिन्दुमा आएर रोकिएको छ । आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर छ ।

परिसूचक घटेपनि आज किसन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कित्तामा ७९ रुपैयाँले बढेपछि आज कम्पनीको सेयर मूल्य ८७१ रुपैयाँ पुगेको छ । यसबाहेक आज एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा २६ अंकको गिरावट आउँदा म्यूचुअल फण्ड समूह ०.१४ अंकले र अन्य समूह ४५ अंकले बढ्नुबाहेक सबैमा गिरावट आएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूह १४३ अंकले घटेको छ भने उत्पादनमूलक समूह ११४ अंकले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका