Mon Jan 17 2022
समाचार

लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ

कैलाली । कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–३ बोराडाँडीबाट सोही ठाउँका २७ वर्षीय अशोक पाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको साथबाट ११ ग्राम लागूऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो।