कैलाली । कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–२ बेलघारीका ५२ वर्षीय बलासिंह घर्ती मगर छन्।
उनी बुधबार घरदेखि नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेका थिए।
उनको शव लडेको ठाउँबाट २ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।