जोडिनुहोस
  • होमपेज
  • सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

सोमबार राती खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी सिंहले बताए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका