जोडिनुहोस
  • होमपेज
  • उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ : चन्द्र भण्डारी

उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तपाईहरु उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईहरुसँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ । टिम बनाउनुस् । ‘

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए । उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे ।

‘हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ । म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु, आदरणिय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ । ८० वर्ष पुग्न थाल्नुभएको छ । जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरुले नेतृत्व लिनुपर्‍यो ।’

उनले केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

‘बिपी कोईराला त एक्लै पुग्न सक्नुभएन । जोसँग सबैकुरा थियो । मैले आज युवा तरुण साथीहरुलाई आग्रह गरेँ, भन्नुस् शेरबहादुरजीलाई यत्रो केन्द्रीय समिति बन्यो, सदस्यहरु बने आफ्नै कनिकाहरुको बारेमा लौन फलानालाई राख्नुपर्छ भन्न नसक्नेहरुले भोलि अरुको प्रतिनिधित्व गर्न सक्दैनँ । भाषण गरेर हुँदैन । उत्तर दिएर हुँदैन । अब त प्रश्न गर्न जान्नुपर्छ । यो जमाना आयो ।’ उनले भने ।

उनले टिम नै बनाएर अगाडि बढ्न पनि आग्रह गरे । टिम बनाएर अगाडि बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका