जोडिनुहोस
  • होमपेज
  • कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं। कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । रिटउपर सर्वोच्च अदालतको पूर्णइजलासमा मंगलबारदेखि बहस भइरहेको छ । बुधबारका लागि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । सम्भवत् पूर्णइजलासले बुधबार नै फैसला सुनाउने छ ।

यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो ।
गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका