Thu Jun 30 2022
Breaking News

अफगानिस्तानको हृदयविदारक कथा: भीडबाट बचाउन अमेरिकी सैनिकलाई सुम्पिएको २ महिनाको बालक फेला

तालिबानले काबुल कब्जा गरेपछि १९ अगस्ट २०२१ मा एयरपोर्टमा भीडमा हराएको २ महिने बालकलाई आफन्तहरूले फेला पारेका छन् । उक्त बालकलाई उनका बुबाले भिडबाट बचाउन पर्खाल पारी अमेरिकी सैनिकहरूलाई सुम्पिएका थिए ।

बालकका बुबाले बिमानस्थल पुगेर सिपाहीबाट सन्तान लिएर जान्छु भन्ने सोचेका थिए तर विमानस्थल प्रवेश गर्न ढिलो भएपछि बालक परिवारबाट अलग्गिएको थियो ।
बालकको नाम सोहेल अहमदी हो । २९ वर्षीय ट्याक्सी चालक हमिद साफीले बच्चालाई विमानस्थलमा भेट्टाए र आफ्नो घर लगे । त्यहाँ हमिद र उनकी श्रीमतीले सोहेलको हेरचाह गरे । उनीहरुले सोहेललाई फिर्ता दिन चाहेनन्, तर सात हप्ता भन्दा बढी गरिएको वार्ता र तालिबान प्रहरी हिरासतमा बसेपश्चात, हमिदले अन्ततः सोहेललाई काबुलमा आफ्ना आफन्तहरूलाई फिर्ता गरेका हुन् ।

के थियो घटना ?
तालिबानले १५ अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेको थियो । त्यसयता धेरै अफगान नागरिकहरू देश छोड्न चाहन्थे । जसका कारण काबुल एयरपोर्टमा ठूलो भीड जम्मा भएको थियो ।

सोहेलका बुबा मिर्जा अहमदी पनि आफ्नो परिवारलाई अमेरिका लैजान चाहन्थे । उनी अमेरिकी दूतावासमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।
१९ अगस्ट २०२१ मा, मिर्जा अहमदी, उनकी पत्नीसँग ठूलो भीडमा एयरपोर्ट प्रवेश गर्न लाईन मा उभिए । उनी विमानस्थलको प्रवेशद्वार नजिक पुग्दा भीड निकै बढेको थियो ।

सोहेललाई भीडमा केहि होला भन्ने लागेर मिर्जाले भिडलाई सम्हाल्दै भित्तामा उभिएका अमेरिकी सैनिकलाई आफ्नो छोरा सुम्पिदिए ।

मिर्जाले आफु छिट्टै एयरपोर्ट भित्र पसे र आफ्नो छोरालाई सिपाहीबाट लिने सोचेका थिए । उनी विमानस्थलको प्रवेशद्वारबाट मात्र पाँच मिटर टाढा थिए, तर तालिवान सेनाले भीडलाई पछाडि धकेले ।

जसले गर्दा अहमदी, उनकी श्रीमती र अन्य बच्चाहरूलाई भित्र पस्न आधा घण्टाभन्दा बढी समय लाग्यो । अन्ततः भित्र पुग्दा सोहेल कतै भेटिएनन् ।

अहमदीले आफ्नो छोरालाई एयरपोर्ट भित्र धेरै खोजे । खोजी गरेतापनि उनको बारेमा कुनै जानकारी पाउन सकेनन् । महिनौंसम्म उनको छोरा कहाँ छ थाहा हुन सकेन ।

अहमदी र उनका छोरा आफ्नो परिवारबाट अलग भएको दिन, ट्याक्सी चालक साफी आफ्नो भाइको परिवारलाई काबुल एयरपोर्टमा छोड्न आएका थिए । यसै क्रममा सफीले एक बालक भुइँमा रोइरहेको भेटे ।

सफीले बच्चाका आमाबुवालाई खोज्ने धेरै प्रयास गरे तर कुनै जानकारी नपाएपछि उनले बच्चालाई आफ्नो घरमा लगे ।
साफीका तीन छोरी छन् र उनकी श्रीमतीको एउटा छोरा कामना थियो । यस क्रममा सफी र उनकी श्रीमतीले यो बच्चाको हेरचाह गर्ने निर्णय गर्छन् । र बच्चाको परिवार भेटिएमा उसलाई फिर्ता दिने सोच्छन् ।

उनीहरुले यस बालकको नाम मोहम्मद आबेद राखे र सम्पूर्ण परिवारसँगको फोटो फेसबुकमा पोस्ट गरे । बेपत्ता बच्चाको बारेमा रोयटर्सको रिपोर्ट बाहिर आएपछि सेफदीका केही छिमेकीहरूले उसलाई पहिचान गरे ।

फेसबुकमा जानकारी पाएपछि अहमदीले अफगानिस्तानमा रहेका आफ्ना आफन्तलाई सम्पर्क गरे र सफीलाई सोहेललाई फिर्ता लैजान आग्रह गरे । जब अहमदीका आफन्तहरूले सफीसँग सम्पर्क गरे, सफीले बच्चा फिर्ता गर्न अस्वीकार गरे । यसपछि आफन्तले तालिवान प्रहरीमा उजुरी गरेका थिए । प्रहरीको हस्तक्षेपपछि बालकलाई आफन्तको जिम्मा लगाइएको थियो ।

बालकको परिवारले साफीलाई सोहेलको पाँच महिनासम्म हेरचाह गर्न एक लाख अफगानी (९५० डलर) क्षतिपूर्ति दिएको छ । साफी र उनको परिवार सोहेललाई फिर्ता दिदा निकै दुः खी थिए । बच्चा दिने क्रममा सफी र उनकी श्रीमतीले आँसु थाम्न सकेनन् ।

साभारः दैनिक भास्कर