Wed Jan 19 2022
देश

चितवनमा हुन लागेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित

चितवन । नेपाल कृषि मेशिनरी व्यवसायी संघले चितवनमा आयोजना गर्ने भनिएको पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित भएको छ ।

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ स्थगित गरिएको छ ।

पुस २७ गते बसेको मेला आयोजक मूल समितिको सिफारिस अनुसार कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेपछि गृहमन्त्रालयले २५ जना भन्दा बढी भेला हुने सभा, सम्मेलन, मेला, प्रदर्शनी आदि नगर्न निर्देशन दिएसँगै संघले प्रदर्शनी स्थगित गरेको हो ।

कोभिड–१९ को जोखिम कम भएपछि यो प्रदर्शनी पुनः आयोजना गरिने संघले जनाएको छ ।

संघले यही माघ ५ गतेदेखि माघ ८ गतेसम्म चितवनको एक्स्पो सेन्टरमा प्रदर्शनी गर्ने तयारी गरेको थियो ।