Thu Aug 18 2022
मुख्य खबर

एकैदिन ३ हजार ७५ मा कोरोना संक्रमण, २ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ३ हजार ९८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।