Fri Jan 21 2022
देश

नेपाल आइपुग्यो ११ लाख ८४ हजार डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट करीव १२ लाख डोज कोभिड विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार नेपाल आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार ११ लाख ८४ हजार खोप आएको छ ।

हालसम्म नेपालमा विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना, जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप भित्रिएको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म लक्षित समूहको ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएको सरकारी तथ्यांक छ। त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।

सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोजसमेत दिने तयारी गरेको छ ।